{
  "apiVersion": "1.0",
  "generatedAt": "2023-06-05T03:56:34.000Z",
  "entry": {
    "word": "अ",
    "definitions": [
      {
        "grammar": "ना.",
        "senses": [
          "१. देवनागरी वर्णमालाको स्वर वर्णमध्ये पहिलो स्वर वर्ण; परम्परागत रूपमा कण्ठस्थानबाट उच्चारण हुने ह्रस्व स्वर वर्ण र भाषाविज्ञानअनुसार आधा खुला; केन्द्रीय स्वर वर्ण; लेख्य रूपमा सो स्वर वर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न।",
          "२. लेखाइका क्रममा विषयको विभाजन उपविभाजनका निम्ति स्वर वर्णको प्रयोग गरिँदा दिइने क्रमबोधक पहिलो चिह्न।"
        ]
      },
      {
        "grammar": "ना.",
        "etymology": "[सं.]",
        "senses": [
          "१. संस्कृत एकाक्षरी कोशअनुसार मूलतः विष्णुलाई जनाउने मङ्गलवाची शब्द।",
          "२. ॐ भित्र निहित अ+उ+म् तीन ध्वनिमध्ये विष्णुलाई बुझाउने पहिलो ध्वनि (उ तथा म् ध्वनि क्रमशः शिव तथा ब्रह्मालाई बुझाउने मानिन्छन्)।"
        ]
      },
      {
        "grammar": "नि.",
        "senses": [
          "झर्को, गाली, बेवास्ता, अस्वीकार आदि बुझाउन आवेगका अवस्थामा प्रयोग गरिने विस्मयादिबोधक शब्द; आ।"
        ]
      },
      {
        "grammar": "पूस.",
        "senses": [
          "शब्दका अगाडि लागेर अभाव, भिन्नता, विपरीतता आदि बुझाउने पूर्वसर्ग।"
        ]
      },
      {
        "grammar": "नि.",
        "senses": [
          "दिक्क लागेको अवस्थामा व्यक्त गरिने उपेक्षा भाव।"
        ]
      }
    ]
  }
}
